चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मृत अवस्थामा फेला

समाचार

बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मृत अवस्थामा फेला परेका छन् । बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा सोमवार रातीको समयमा चितुवाले आक्रमण गरेको स्थानियले बताएका छन् ।
रातीको समयमा चितुवा आई खोरमा रहेका २२ वटा खसी तथा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

रातीको समयमा एक्कासी यति धेरै बाख्रा मारेको सुचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी पठाईएको थियो प्रहरी सो ठाउँमा पुग्दा सम्पुर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत बाख्रा र अन्य विस्तृत विवरण बुझ्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *