नेपालगन्ज, १७ असार-कसैले नगरेको लोकल कुखुराको व्यावसायिक पालन सुरु गर्दा अर्जुन चौधरी अन्योलमा हुनुहुन्थ्यो । माग बढ्दै गएपछि उहाँ अहिले सन्तुष्ट हुनुहुन्छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ च्यामा गाउँमा लोकल कुखुरा व्यवसाय गरेर आफु सन्तुष्ट रहेको दहित कुखरा फार्मका प्रोप्राईटर अर्जुन चौधरीले भन्नुभयो । जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा अर्जुनले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेको जानकारी गराउनुभयो । गतबर्ष परिक्षणको रुपमा २ सय लोकल कुखुरा पालेर उत्साहित भएका बैजनाथ १ च्यामाका अर्जुनले यस वर्ष गाँउमै एक हजार लोकल कुखुरा पालन गर्न सुरु गरेको बताउनुभयो । गाँउघरमा समेत मासिदै गएको बेला उहाँले एकैपटक ठुलो संख्यामा लोकल कुखुरको पालन सुरु गरेको जानकारी गराउनुभयो । ‘जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा मैले स्थानीय जातको लोकल कुखुराको व्यवसायीक पालनमा जुटेको हुँ,’ उहाँले भन्नुभयो । १४ कठ्ठा ८ धुर जग्गामा सुरु गरिएको लोकल कुखुरा बेच्न जान पर्दैन घरमै लिन आउने गरेको उहाँले बताउनुहुन्छ । गत वर्ष लकडाउनमै परिक्षणका रुपमा लोकल कुखुरा पालन गरेर उत्साहित भएका कृषक अर्जुनले यो वर्ष एकैपटक १ हजार थप लोकल कुखुरा पु¥याएको बताउनुभयो । घरमै लिन आउँदा समेत कुखुरा पु¥याउन गाह्रो हुने गरेको उहाँले बताउनुभयो । स्थानीय जातका लोकल कुखुराको अण्डा संकलन गरेर ह्याचरीबाट चल्ला निकाल्ने गरेको उहाँले बताउनुभयो । ‘हामीले पहिला परिक्षणका क्रममा तयार भएको लोकल कुखुरा प्रतिकेजी साढे ६ सयका दरले भाले र पोथी ६ सयका दरले विक्रि गरेको उहाँले बताउनुभयो । लोकल कुखुरा तयार हुँदा एउटा लोकल कुखुराको डेढदेखि दुई किलोसम्म हुने गरेको उहाँले बताउनुभयो । नजिकै गाभर भ्याली होमस्टे, च्यामा होमस्टे र नयाँ गाउँको होम स्टे भएको हुनाले घरमै बसी बसी बेच्न सहज भएको उहाँले बताउनुभयो । लकडाउनमा आफ्नै दाना उत्पादन मेसिन भएको हुनाले दानामा पनि समस्या नआएको उहाँले बताउनुभयो । पाँच लाख लगानी गरेर हालिएको चल्लाबाट राम्रो नाफा हुने उहाँको धारणा छ ।

दहित फार्ममा पाँच प्रजातिका लोकल कुखुरा मात्रै हैन, परिक्षणकै रुपमा कडकनाथ जातका कुखुरासमेत पालन गरिएको छ । अन्य कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउँदा लोकल कुखुराको मासु बजारमा दोब्वर पैसा तिरेर पनि किनेर खाने गर्दछन् । विषेश गरी सुत्केरी महिलाहरुलाई बढि प्रयोग गरिने प्रचलन रहेको छ । नेपालका अधिकांश मानिसहरुको जिविको पार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको र ग्रामिण भु–भागमा बस्ने मानिसहरुले परापूर्वकाल देखि नैं परम्परागत शैलीमा एकाध घरमा प्रयोग गर्नका लागी मात्र कुखुरा पाल्दै आईरहेको थियो । लोकल कुखुरा पालन आम्दानीको राम्रो स्रोत भएको प्रमाणित गर्दै अर्जुनले व्यवस्थित ढंङ्गले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी हुँने हँुदा अझ यसलाई थप विस्तार गर्ने जानकारी गराउनुभयो ।