छाडा पशु नियन्त्रणका लागि जानकी बढैयाका स्थानीय एकजुट

स्थानीय तह

नेपालगन्ज : बाँकेको जानकी गाउँ पालिका वडा नम्बर एक बढैयाका स्थानीय छाडा पशुले आफ्नो खेति नोक्सान गर्न थाले पछी त्यसको समाधान खोज्न एकजुट बनेका छन् ।

खेतबारीमा लगाइएको गहु लगायत अन्य बालि नोक्सान गर्न थाले पछी जानकी गाउँपालिका वडा नम्बर एक तथा दुइका स्थानीयहरू मिलेर अस्थाई गौशाला निर्माण गरि आफ्नो बाली बचाउन लागिपरेका हुन् ।

भारतीय सिमाना रहेको गाउँ भएकाले भारतबाट लखेटिएका गाइ-गोरुहरुले गाउँको बालि नोक्सान गर्नथाले पछी गाउँले आफैले चन्दा संकलन गरेर अस्थाई रुपमा छरुवा गाईबस्तुको व्यवस्थापनको लागि लागिपरेको नेकपा बाँकेका युवा नेता किशोर थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *