जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउन तीन वटा प्रदेशका पत्रकारलाई अभिमुखिकरण

मुख्य खबर समाचार

बाॅके, ८ असाज-नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजनामा नेपालगन्जमा शुक्रबारबाट अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

पत्रकार महासंघ बाँकेको संयोजनमा सुरु भएको उक्त अभिमुखिकरणमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको छ । 

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको अभिमुखिकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले जनचासोका विषयमा पत्रकारलाई अभिमुखिकरण गर्न एकदमै जरुरी रहेको बताए । 

उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघका पुर्वकेन्द्रिय सदस्य एवम बाँके शाखाका पुर्वअध्यक्ष झलक गैरे, शाखाका पुर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अतिथीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव कमल डाँगीले गरेका थिए ।

पत्रकारितालाई जनमुखी बनाइनुपर्छ, तर पछिल्लो समयमा पत्रकारितामा केही विकृती पैदा भइरहेका छन् खोजमुलक समाचार लेख्ने भन्दापनि कपि पेस्ट गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भने । समाचार लेखनमा फेलोसिप दिने योजना पनि महासंघको रहेको सेजुवालले जानकारी गराए ।

कार्यक्रमको पहिलो दिन महासंघका केन्द्रिय कोषाध्यक्ष सेजुवालले जनचासोको रिर्पोटिङ गर्नका लागि तीन वटै प्रदेशमा हुन सक्ने सम्भावित विषयबारे सहभागीलाई अभिमुखिकरण गरेका थिए । कार्यक्रममा दोस्रो दिन शनिबार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पत्रकारलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *