जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु: प्रशान्त बिष्ट

मुख्य खबर समाचार स्थानीय तह

नेपालगन्ज ,बैशाख २४-मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताउनु भएको छ ।
आज शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएका बिष्टले मतदाताहरुले आर्शिबाद सहित उत्साह थपिदिएको बताउनुभयो ।
उहाँले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आफूले बनाएका बिकास योजनालाई कार्यान्वयन गर्ने क्रममा पहिलो प्राथमिकता जनताको चाहना अनुरुप गर्ने कुरामा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।
बिष्ट आज विहानैदेखि घरदैलो अभियानमा जुटिसक्नु भएको छ । उहाँले आज वडा नम्बर १ मा वडाअध्यक्षका कांग्रेसका उम्मेदवार बिनोद रिजाल संगै विहान घरदैलो गर्नुभएको हो । वडाअध्यक्ष पदका उम्मेदवार रिजालले वडाको समग्र बिकासका लागि आफूलाई बिजयी गराउन मतदाताहरु संग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *