जनस्वास्थ्यका लागि उल्लेख्य कार्य गरेको भन्दै नेपाल प्रहरीद्वारा डा. किदवाईलाई सम्मान

नेपालगन्ज विशेष मुख्य खबर समाचार स्वास्थ्य

नेपालगञ्ज : पश्चिम नेपालका थुप्रै विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेको भन्दै प्रहरी दिवसका अवसर नेपाल प्रहरीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाईलाई सम्मान गरेको छ ।
प्रहरी दिवस मनाउन सोमवार संघीय राजधानी काठमाण्डौमा आयोजना गरिएको बृहत्त कार्यक्रममा नेपाल प्रहरीका आइजीपी धिरज प्रताप सिंहले डा. किदवाईलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
सम्मान ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. किदवाईले यस्ता सम्मानले जनताको सेवा गर्ने थप हौसला प्रदान हुने जनाउँदै आफुले निरन्तर जनता र समाजको सेवा गरिरहने बताए ।
मेडिकल कलेजमा कार्यरत डा. किदवाई सामाजिक कामका सन्दर्भमा खटिने मध्ये अग्रपंक्तिमा पर्छन् । उनले यस क्षेत्रका विपन्न वर्गका मानिसहरुको स्वास्थ्योपचार विभिन्न सहयोग गर्दै आउनु भएको छ । विरामीको सेवामा अहोरात्र खटिने डा. किदवाई एक कुशल व्यवस्थापक समेत मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *