नेपालगन्ज १९ जेठ- पछिल्लो समय धेरै जसो युवाहरुले आफ्नो जन्मदिनमा गरिने अनावश्यक खर्च सामाजिक कार्य र समाज सेवामा लगाएको देखिन्छ । यस्तै युवा मध्यका एक युवा नेतृ हुन् नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापा मगर ।
बुधबार जन्मदिन परेकी नगरका उपप्रमुख मगरले आफ्नो जन्मदिनमा २० हजार ४ सय रुपैया विभिन्न सामाजिक सेवामा खर्च गरेकि छन् ।
मगरले लायन्स क्लब नेपालगन्जले सन्चालन गरेको फुड बैंकलाई रु.५ हजार १ सय, भरी अस्पतालमा सन्चालित अन्जनि माता रसोई घरलाई रु.५ हजार १ सय, नेपाल पत्रकार महाँसघले चलाएको एम्बुलेन्स खरिद अभियानका लागि रु. ५ हजार १ सय र बास द्धारा सन्चालित माक्सलाई रु.५ हजार १ सय गरि जम्मा २० हजार ४ सय रुपैया सामाजिक सेवामा खर्च गरेकी हुन् ।

मगर लामो समयदेखि नै सामाजिक कार्य लगायत समाज सेवा गर्दै आइरहेकी छन् । मगरले जन्मदिनमा गरेको सामाजिक कार्यले धेरैलाई प्ररणा दिएको छ ।

