एजेन्सी, ३२ श्रावण-जर्मनी तथा वायर्न म्युखिनका लेजेन्ड खेलाडी गर्ड मुलरको निधन भएको छ। उनको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो।
तत्कालिन पश्चिम जर्मनीका लागि ६२ खेमा ६८ गोल गरेका उनले सन् १९७४ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सविरुद्ध विजयी गोल गरेका थिए।
वायर्नबाट १५ वर्ष बुन्डेस लिगा खेलेका उनले ४२७ खेलमा ३६५ लिग गोल गरेका थिए। उनले चार लिग र तीन युरोपियन कपको उपाधि उचालेका थिए।
आइतबार क्लबले विज्ञप्ति निकाल्दै उनको निधनमा दुस्ख व्यक्त गरेको छ ।