जसपाका प्रचार प्रसार कार्यालयहरू खुल्दै

समाचार


बाँके २८ असोज-चुनाव प्रचार प्रसारलाई तीव्रता दिइरहेको जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रहरूमा चुनाव प्रचार प्रसार
समितिको सम्पर्क कार्यालयहरू खोलेको छ।
शुक्रबार बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा न। १२ बेलासपुर, वडा न। ४ घोसी टोल, वडा
न। ७ पिपल चौतारा, वडा न।७ एमपी स्कुल र वडा न। ५ भट्टा टोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा बाँके क्षेत्र नं २ जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद
इश्तियाक राई, प्रदेश सभा सदस्य पदका उम्मेदवार आदेश अग्रवाल, पार्टीका नेताहरु अतहर हुसेन फारुकी बुद्विसागर
सुवेदी, अरुण सिंह लगायतको उपस्थिति रहेको थियो।
कार्यालय उद्घाटनका क्रममा वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना व्यक्तिहरू जनता समाजवादी
पार्टीमा प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *