जसपा बाँकेद्वारा वडा न.१५ हनुमान निम्नमाध्यमिक बिधालय जमुनाहामा बृक्षारोपण

समाचार

नेपालगन्ज, ८ भदाै-” रुख रोपौ वातावरण,अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ ” भन्ने अभियान  अन्तरगत ज.स.पा. बाँकेद्वारा नेपालगन्ज उप-महानगरपालिका वडा न.१५ हनुमान निम्नमाध्यमिक बिधालय जमुनाहामा बृक्षारोपण गरेको छ । सभापति जसपा नेपालका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राई , डिभिजन बन कार्यलयका प्रमुख राजु क्षेत्रीकाे प्रमुख आतिथ्यमा पचास बढी रुख लगाए । डिभिजन बन प्रमुख राजु क्षेत्रीले रुख बन जङ्गलले  बाताबरणको लागि निकै ठूलो सम्बन्ध तथा देश भरी यस्ता रुख लगाउने अभियान भएको र सबै मानिसले एक मानिस एक रुख अनिबार्य लगाउनु पर्छ र मानिस रुख बिना बाच्न असम्भव छ र रुख प्रतिको प्रेम सबैले राख्नु पर्ने बताउनुभयो । एक मानिस लाई दैनिक १५ केजि अक्सिजन चाहिने र एउटा रुखले दुई केजि मात्र अक्सिजन दिने भएकाले हामीले सोच्ने बेला आएको छ । सक्दो धेरै रुख लगाउनु पर्ने उनले बताए । शो कार्यक्रममा हरित हेमन्त काफ्लेले पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राईको हरित अभियान लाई साथ दिदै । रुख भनेको सबैको लागि हो र रुख लगाउन निकै जरुरी घरका परिवार जस्तै रुखलाई पनि प्रेम गर्नु पर्छ । नेपालगन्जको गर्मी कम गर्नु छ भने एउटा मात्र विकल्प रुख नै लगाउनु हो । रुख भनेको सबैको हो र सबै पार्टिले रुख लगाउने अभियान  जसपा नेपाल बाट सिक्नु पर्ने अभिन्ता हेमन्तले बताउनुभयाे ।


कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा बांके ईन्चार्ज हिक्मत विक, केन्द्रीय सदस्य बेद प्रसाद आचार्य, प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, प्रदेश सदस्य माजिद अलि शेष प्रदेशका लेखा संयोजक कौशल धोबी, जिल्ला उपाध्यक्ष राजन राना मगर, बांके क्षेत्र नं. २ का अध्यक्ष सुर्यलाल यादव, नगर अध्यक्ष श्रवण यादव, क्षेत्र न २ ख ईन्चार्ज रमा रानी वैश्य, नेपालगंज १५ का वडा अध्यक्ष वल्लन कबाडिया, स्कुल ब्यवस्थापन समिति अध्यक्ष रजा राई, प्रधानाध्यापक रमेश प्रसाद श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा जिल्ला अध्यक्ष कमरुद्दिन राईले रुखले गर्दा पानीका श्रोत रहेको र आज खेती किसानी गर्न सजिलो भएको रुख नभएको भए आज हामी भोकै मर्नु पर्थ्यो जीवन बचाउनलाई रुखको निकै महत्त्व भएकोले पुर्ब मन्त्रीकाे हरित नगर बनाउने सपनालाई साकार पार्न यो अभियान बनाएको बताउनुभयाे । हरित अभियान पार्टीकाे अभियान हो र प्रत्येक बर्ष यो बर्सातको समयमा रुख लगाउने । यो महिना भरी विभिन्न ठाउमा रुख लगाउने अध्यक्ष राईले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *