जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले गर्यो विभिन्न निर्णय

मुख्य खबर समाचार

बाॅके, ३१ जेठ-सोमबार वसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले विभिन्न निर्णयहरु गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका सन्दर्भमा समिक्षा गर्दै विपद् व्यवस्थापनका सम्बन्धमा विभिन्न निर्णय गरेको हो ।
सो बैठकले राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्र(ल्भ्इऋ)को मिति २०७८ जेष्ठ २८ गतेको जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त निर्देशन कार्यान्वयन गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यकालागि ९ वटै विषयगत क्षेत्रका तर्फवाट प्रस्तुत कार्ययोजनामा छलफल गरी सुझाव सहित अनुमोदन गर्ने, साथै यस योजनाका आधारमा विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि संचालन गर्न निर्देशन दिने, यस वर्षको मनसुन विगतमा भन्दा वढी सक्रिय हुने भनि जल तथा मौसम विभागवाट पुर्वानुमान भए अनुसार सोही बमोजिम बाँके जिल्लाले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ लाई समेत अनुमोदन गर्दै बाँके जिल्लामा यस वर्ष विपद्बाट २५ हजार घरपरिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमानका आधारमा तयार भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको १५औं अद्यावधिक, २०७८ लाई सुझाव सहित अनुमोदन गर्ने निर्णय गरेको छ । यस्तै बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला ,किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने, मनसुन अवधिभर मनसुन सम्बन्धी सुचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सवै संचार माध्यमहरुलाई अनुरोध गर्ने, साथै दैनिक मनसुन सम्वन्धी वाढी पूर्वानुमान महाशाखाले जारी गर्ने वुलेटीन सवै सरोकारवालालाइ दैनिक इमेल मार्फत उपलव्ध गराउने व्यवस्था जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले मिलाउने, साथै जिल्लाको पुर्वसुचना प्रणालीकालागि सुचना समन्त्र जल तथा मौसम विभाग कोहलपुको समन्वयमा निर्माण गर्ने लगाएतका विभिन्न ११ वटा निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *