जिवन ज्योती स्कुलद्धारा विभिन्न राहात कोष र विपन्नलाई ठुलो मात्रामा खाद्यान्न सहयोग

मुख्य खबर समाचार

कोहलपुर, १३ असार-जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी सयुक्त आवाजद्धारा सञ्चालित कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी सयुक्त आवाजले बिपन्न तथा एकल महिला, हिंसामा परेका महिला तथा बाल बालिका लागि सहयोग पुर्याउदै आएको छ । मेचि महाकाली बुहारी सयुक्त आवाजकी बाँके संयोजक उर्मिला अधिकारी पाण्डेले बिभिन्न सहयोगी सघ सस्था, बिद्यालयहरु बाट राहात संकलन भई रहेको बताउदै संकलित राहात महिला र बालबालीकको सहयोगका लागि खर्च गरिने जानकारी दिनुभयो । कोहलपुर १० मा रहेको जिवन ज्योती स्कुलले बिभिन्न राहात कोष तथा कोहलपुर नगर पालिकाको सामाजिक बिकास समिती मार्फत लाखौ मुल्यको खाद्य समाग्री, स्वाथ्य समाग्री एंव पोषणयुक्त खाना बितरण गरेको स्कुलका लेखा प्रमुख कल्याण तिमल्सेनाले जानकारी दिनुभयो । स्कुललका प्रिन्सीपल फादर जोमन जेम्सले स्कुलले गुणस्तरीय शिक्षाका साथ साथै बिपन्नहरुका लागि बिभिन्न खाले सहयोग गर्दै आएको बताउनुभयो । स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षाका लागि अव्वल रहेको जिवन ज्योती स्कुलले समाजिक क्षेत्रमा पनि उत्तिकै अग्रसरता देखाउने गरेको छ ।
जिवन ज्योती स्कुललेका अनुसार कोहलपुर सञ्चालीत कोरोना खाद्य बैकमा ५० बोरा चामल, माओवादी केन्द्र द्धारा सञ्चालीत कोरोना राहात कोषमा ३० बोरा चामल, कोहलपुर मेडिकल कलेजमा सञ्चालीत सहुलियत खाना खुवाउने कार्यक्रममा दाल तथा गेडागुडी, समाज सेवा सस्था कोहलपुर १४ हल्दारपुर मार्फत पटक पटक गरी ८० बोरा, कोहलपुर नगरपलिका समाजिक बिकास शाखा मार्फत १ सय ५० बोरा चामल, १२० जना बृद्ध तथा बालबालीकालाई पौष्टीक आहार तथा स्वाथ्य सुरक्षा समाग्रि माईती नेपाल मार्फत २० परिवारलाई चामल दाल, चिनी तेल लगायतका खाद्य समागी, कोहलपुर नगरपालिकाद्धारा सञ्चालीत कोभिड अस्पतला लाई पटक पटक पिपिई, अक्सीजन, स्वाथ्य समाग्रि, ईलाका प्रहरी कार्यालयलाई माक्स सेनेटाईजर र बिद्यालयका बिपन्न अभिभावकहरु ३ सय ३० जनालाई पनि खाद्य समाग्रि बितरण गरिएको बिद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *