टी–२० विश्वकपको उद्घाटन खेलमा नामिबियाद्धरा श्रीलंका ५५ रनले पराजित

खेलकुद समाचार

नेपलागन्ज, ३० असोज–टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको छ । नामिबियासँगको खेल जित्न १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट हुनपुगे ।
श्रीलंकाका लागि कप्तान दाशुन शनाकाले सर्वाधिक २९ रन बनाए । भानुका राजपाक्षेले २० र धनञ्जय डि सिल्भाले १२ रन बनाएका थिए । महेश थिक्सना ११ रनमा नट आउट रहे ।
नामिबियाका लागि डेबिट वाइज, बर्नाड स्कोल्ट्ज, बेन सिकोन्जो र जन फ्रन्लिङ्कले समान २ विकेट लिए भने जेजे स्मिथले १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
नामिबियाका लागि जन फ्र्यालिङ्कले सर्वाधिक ४४ रन बनाए । ओपनद्वय माइकल भान लिङगेन ३ र डिभान ला कक ९ रनमा आउट भएपछि दबावमा परेको नामिबियालाई मध्यक्रमका ब्याटरले उकासेका थिए । तेस्रो क्रमका ब्याटर जन निकोलले २०, स्टेफन बार्डले २६, ग्रेडहार्डले २० तथा जेजे स्मिथले ३१ रन बनाए ।
श्रीलंकाका लागि प्रमोद मदुसन लियाना गामेजले सार्वधिक २ विकेट लिए । त्यस्तै, महेश थिक्साना, दुश्मान्ता चमेरा, चमिका करुनारत्ने र वानिन्दु सिल्भाले समान १ विकेट लिन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *