ठुलो संख्यामा अवैध भारतीय कुखुरा नियन्त्रणमा

कृषि मुख्य खबर समाचार

नेपालगंज, १९ जेठ–भारतबाट अवैध रुपमा भित्र्याईएका ठुलो संख्यामा रहेका ब्रोइलर कुखुरा नियन्त्रण लिइ बाँके प्रहरीलाई बुझाईएको छ ।
कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष सहितको पदाधिकारीहरु र बाँके प्रहरीले नेपालगंज र बर्दियाका बिभिन्न स्थानमा अनुगमन गरि करिव २ सय तयारी ब्रोईलर कुखुरा नियन्त्रणमा लिई कारवाहि गरिएको बताईएको छ । नेपालगंजका बिभिन्न संकास्पद स्थानहरुको छापा मार्दा उक्त कुखुरा तथा केहि व्यक्तिहरु समेत पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष धर्मराज पोखरेलका अनुसार खुल्ला सिमा नाकाको फाईदा उठाउदै केहि भारतीय र केहि नेपाली मासु पसल संचालन गर्ने व्यक्तिले नेपालगंजमा दैनिक सयौंको संख्यामा भारतीय कुखुराको बिक्रिवितरण गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरी र व्यवसायी मञ्चका पदाधिकारीले संयुक्त रुपमा अनुगमन गरेको बताउनु भयो ।
अनुगमनका क्रममा अबैध भारतीय कुखुरा सहित नेपालगंज गणेशमान चौकमा रहेको नेपाल फ्रेस हाउसका सलमान खान, भृकुटि नगरका सद्धाम हुसेन, र नेपालगंज ९ का सुरेन्द्र चौधरीलाई मोटरसाईकल सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
यसै विच कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष सहितको पदाधिकारीहरु र बाँके प्रहरीले नेपालगंजका बिभिन्न स्थानमा अनुगमनगरि करिव २ सय तयारी ब्रोईलर कुखुरा नियन्त्रणमा लिईको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा आवश्यक कारवाहिका लागि निवेदन समेत दर्ता गरिएको छ ।
उक्त विषयलाई लिएर कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष सहितको पदाधिकारीहरुले बाँकेका प्रमुखजिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको छ । प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले अनुगमन गरेको कार्य प्रति प्रशंशा गर्दै बाँके प्रशासनले सधै सहयोग गर्ने र अबैध भारतिय कुखुरा भित्र्याउनेलाई कारबाही गरिने समेत बताउनु भएको कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष पोखरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *