नेपालगन्ज–लगातारको बर्षाका कारण नेपालगन्जका अधिकांश स्थानहरु डुवानमा परेका छन् । जसका कारण यहाँ स्थानीयकाे जनजिवन प्रभावित बनेको छ । नेपालगन्ज यतिबेला जलमग्न बनेको छ । थुप्रै घरहरू डुबानमा परेका छन् । डुवानका कारण घरमा पसेको पानिले घरभित्रका अन्न र लत्ताकपडा समेत भिजेको अवस्था छ । नेपालगन्जका न्युरोड, सेतुविक चाेक, गणेशपुर, बेलासपुर, वडा नं 3 र 7 लगायतका स्थानहरू डुवानमा परेका छन् ।

नेपालगन्जकाे पछिल्लो अवस्थाबारे अनुगमन गर्नुभएका बाँके क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य स्वतन्त्र उम्मेदवार अभियान कर्मि विनोद कर्णले ई-ताम्रपत्रसंग कुरा गर्दै छिटोभन्दा छिटो पानीको उचित निकासकाे व्यवस्था गर्न स्थानीय प्रशासन र स्थानीय सरकार संग आग्रह गर्नुभयाे । ‘पानीको निकास नहँदा यहाँको जनजिवन कष्टकर बनेको अवस्था छ ।

अब यस्तो अवस्थामा जनताले देख्ने र आश गर्ने भनेकै स्थानीय सरकार नै हाे ।’- अभियान कर्मि कर्णले बताउनुभयो । ‘यसर्थ डुवानकाे समस्या समाधान तर्फ लैजान स्थानीय सरकार र स्थानीय प्रशासन लगायत सबै सराेकारवाला एक हुन जरुरी छ ।’-उहाँले भन्नुभयो ।

