तीन महिने सिलाई कटाई तालिम समपन्न

शिक्षा समाचार

नेपालगन्ज, चैत १९-समानता तथा सशक्तीकरण मञ्चकाे आयाेजना तथा युनिकाेन, वाेमेन फाेर वाेमेन युएसए (UNCON, WOMEN4WOMEN, USA) को सहयोगमा सञ्चालित सो तीन महिने तालिममा ८ जना प्रशिक्षार्थी रहेका थिए । समापनकाे क्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेका शिपलाई व्यावसायिक रुपमा अगाडि बढाएर लैजाने धारणाा राखेका थिए ।

सशक्तीकरणका लागि महिला आर्थिक रुपले आत्मनिर्भर हुन जरुरी रहेको बताए । तालिमकाे लागि UNCON को सहयोगकोलाई संस्थाका अध्यक्ष मुना श्रेष्ठले धन्यवाद दिनुभयो । तालिमका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मोबिना अन्सारीले दिनु भएको थियो ।
आज समापनको दिन प्रशिक्षार्थीहरुलाई सिलाई मेशिन पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *