नेपालगन्ज,२० असोज-छिमेकी राष्ट्र भारत बाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको तीन लाख रुपैयाँ बराबरको समान प्रहारीले पक्राउ गरेको छ ।
मंगलबार र बुधबार नेपालगन्जको वडा नम्बर १० र १९ स्थित दुई ठाउँ बाट अवैध रुपमा चोरी पैठारी गरि भन्सार छली ल्याएको लत्ताकपडा, पास्ता, घण्टी, सुपारी र पित्तलको भाडा लगायतका विभिन्न समानहरु
तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
उक्त अवैध सामानको अन्दाजी मुल्य २ लाख ९८ हजार पचास रहेको प्रहरीको अनुमान छ । बरामद गरेको सामान आवश्यक कार्वाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिइएको छ ।