नेपालगन्ज, ११ श्रावण-दिल चिरीके म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । चर्चित मोडल बिनोद चौधरी र चर्चित मोडेल अन्दिसा चौधरीको मुख्य अभिनय रहेको दिल चिरीके भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । सुनसरीको रमणिय स्थलमा छायाङकन भएको दिल चिरीके बोलको गितमा चर्चित गायक प्रकाश माझी र चर्चित गायीका गिता चौधरीले स्वर दिनुभएको छ । म्युजिक भिडियोको गितमा कन्सेप्ट स्टोरी सन्जु बाबाको रहेको छ भने क्यामरामा रविन्द्र चौधरीले साथ दिनुभएको छ । यस्तै लाईटमा आनन्द चौधरी र म्यानेजमेन्टमा जानकी चौधरीले साथ दिनुभएको छ । गितमा भिलेनको रोलमा कुलदिप चौधरी, अजय सरदार, राजबाबु विस्वास, भक्तीराम, जादुले खेलेका छन् । क्रियुमा बविता, दिलकुमारी, आशिष, आरती, आनन्दले साथ दिएका छन् । यस्तै दिल चिरीके गित मेगा डिजिटल युट्युब च्यानलले पोष्ट प्रोडक्सन गरेको छ ।
दिल चिरीके म्युजिक भिडियो आउँदै
