नेपालगन्ज, २७ चैत–उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका छन् ।
त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।
रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् ।
श्रेष्ठको सचिवालयले त्यस्तो अभिव्यक्ति नदिएको र अडियो सम्पादन गरेर मानमर्दन गर्न खोजिएको जिकिर गरेको छ ।
दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने ः उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
