नेपालगन्ज, ५ जेठ–दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
रोल्पा रुन्टीगढी–७ की शोभा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका नायब उपरीक्षक राजनकुमार गौतमले बताउनुभयो ।
देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु, २३ जना घाईते
