नेपालगन्ज २४ जेठ-बाँकेमा थप ७ दिन निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस नियन्त्रण अझै कायमै रहेको हुनाले थप ७ दिन निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय बाँकेले लागु गरेको हो । निषेधाज्ञा लागु गरेपनि बजार भने खुकुलो हुँदै गएका छन् । प्रशासनले १२ बजेसम्म पसल संचालन गर्ने विज्ञप्ती जारी गरे पनि बजार भने दिनभरी खुल्ला हुने गरेको स्थानिय बताउछन् । पाँचौं पटक थप गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको हो ।
कोरोना संक्रमणको जोखिम अझै कायम नै रहेको हुनाले निषेधाज्ञालाई निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो । बाँकेमा बैशाख १३ गते रातीदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसअघि बैशाख नौ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै निषेधाज्ञा लगाइएको थियो । बाँकेमा निषेधाज्ञा भएपनि विहान ७ देखि १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसल सञ्चालनमा रहने प्रशासनले जानकारी दिएको छ ।
