नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपाल अस्पताल भर्ना

मुख्य खबर समाचार

नेपालगन्ज, १३ असाेज-ज्वरो र खोकीको समस्याका कारण पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको उपचार भइरहेको छ । त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको निजी सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको समेत सचिवालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *