नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज

मुख्य खबर समाचार

नेपालगन्ज, १८ असोज-पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल बाट डिस्चार्ज भएका छन् । ज्वरो र खोकीको समस्याका कारण त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपाल सोमबार घर फर्किएका हुन्।

बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपाल सोमबार उपचार गराएर डिस्चार्ज भएका छन् । नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. दाससहितको टोली संलग्न रहेको निजी सचिवालयले जनाएको छ ।

चिकित्सकको सल्लाह अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन घरमै बसेर  आरामसहित उपचार गर्नुपर्ने समेत नेपालको निजी सचिवालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *