नेपालगन्ज ः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेले देशका विभिन्न स्थानहरूमा चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि भईरहेका हातपात तथा दुव्र्यवहारका घटनाहरुबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । देशभरका स्वास्थ्यकर्मीहरूमा पेशागत असुरक्षाको महसुस भईरहेको बेला सुरक्षाको अनुभुति हुनको लागि अध्यक्ष ओलीलाई ध्यानाकर्षण गरेका हुन् । दिनप्रतिदिन घटिरहेका यस्ता गम्भिर दुव्र्यवहारजन्य घटनाहरु प्रति सरकार गम्भिर नभएको बताएका छन् । घटनामा संलग्नलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनेतर्फ सरकारले सक्रियता देखाएको छैन तसर्थ चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आफ्नो पेशागत सुरक्षाका निम्ति आन्दोलनमा उत्रिनु पर्ने बाध्यात्मक परिस्थितिलाई राज्यले बुझ्न अति जरुरी रहेको उनिहरुले अध्यक्ष ओलीसमक्ष राखेका छन् ।
यसले प्रत्यक्ष रूपमा आमनागरिकमा नै असर पर्ने हो त्यसकारण यस्ता अपराधजन्य घटनाहरूमा संलग्न ब्यक्तिहरूलाई कानुनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन सकारात्मक भुमिका खेलि आम स्वास्थ्यकर्मीहरूलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन पार्टी अध्यक्ष केपि ओलिलाई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला अध्यक्ष राजन शाहीले र डा कृतिपाल सुबेदीले आग्रह सहित ध्यानाकर्षण गराएका थिए ।
एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यकर्मीहरू माथि भईरहेका दुव््र्यवहारका घटनाबारे आफु जानकार भएको र स्वास्थ्यकर्मीहरू माथि कुनै पनि वहानामा आक्रमण तथा दुव्र्यबहार गरिनु हुँदैन, स्वास्थ्यकर्मीहरूले कोभिडको समयमा होस या देशमा विभिन्न समयमा आईपरेका स्वास्थ्य संकट पार लगाउन खेलेको भुमिकाको उच्च प्रशंसा गरे जब स्वास्थ्य समस्या भई अस्पतालको बेडमा आफु छटपटाइरहेको हुन्छ उसले मात्र स्वास्थ्यकर्मीहरूको महत्व बुझेको हुन्छ आफु आज यसरी पार्टीको काममा देश दौडाहा गर्न सक्नुमा चिकित्सकहरुको ठुलो योगदान छ भनि आफ्नो उपचारमा संलग्न चिकित्सकहरुलाई स्मरण समेत गरे, आफुले यस्ता दुव्र्यवहारजन्य घटनाहरु प्रति दुःख ब्यक्त गर्दै घटनामा संलग्नलाई कानुन बमोजिम कारबाही गरिनुपर्छ र आईन्दा यस्ता घटनाहरू घट्नु हुँदैन भनि समाजिक संजाल मार्फत आफ्नो धारणा राखिसकेको, यसलाई पार्टीले पनि गम्भीर रूपमा लिएको र अब १४ गते बस्ने संसदमा पनि सरकारलाई यसप्रति गम्भिर हुन आग्रह गर्नेछौ साथै स्वास्थ्यकर्मीको पेशागत सुरक्षाका निम्ति पार्टी तथा आफु संधै सकारात्मक रहेको कुरा बताउनुभयो ।
भेटघाट कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाँके जिल्ला अध्यक्ष राजन शाही, संगठनका केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज प्रकाश गौतम, केन्द्रीय सदस्य अर्जुन सुनार, प्रदेश कमिटी सहसचिव पारस जंग रावल, भेरी अस्पतालका पुर्व मेसु डा प्रकाश थापा, डा कृतिपाल सुबेदी, डा लक्ष्मण सिग्देल, डा सुबोद गौतम लगायतको स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो, पार्टी अध्यक्ष र स्वास्थ्यकर्मीहरूको बिचमा समन्वयको भुमिका पार्टी जिल्ला अध्यक्ष किस्मत कक्षपति, स्वास्थ्य विभाग ईन्चार्ज कुस्माखर बस्याल, सह इन्चार्ज सुमन गिरीले गरेका थिए ।
नेकपा एमाले अध्यक्ष केपी ओली र बाँके स्वास्थ्यकर्मी बीच भेटघाट
