नेता वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान

मुख्य खबर समाचार

नेपालगन्ज, १३ असाेज-नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी पत्नी ओनसरी घर्तीसँगै हिमालयन एयरबाट बुधबार बिहान त्यसतर्फ लागेका हुन् ।

 पूर्व अर्थ तथा उर्जामन्त्री पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुनेछ । जण्डिसबाट ग्रसित उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको थियो । नर्भिकमा निको नभएपछि थप उपचारका लागि उनी बैंकक गएका हुन् ।

नेता पुन चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको बताइएको छ । नेता पुन स्वास्थ्य भिसामा गएका हुन् । सामान्य भिसामा जाँदा क्वारेन्टिन बस्नुपर्ने भएपछि उनी स्वास्थ्य भिसामा गएका हुन् । स्वास्थ्य भिसामा गएपछि सीधै अस्पतालमा उपचार गर्न पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *