नेपलगन्ज उपमहानगरपालिकाद्वारा निर्माण गरिएकाे आईसोलेसन सञ्चालनमा

कोरोना विशेष मुख्य खबर समाचार

नेपालगन्ज, ११ भदौ-नेपालगञ्ज उपमहानगरपालिकाले  कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि वाल मन्दिरमा शुक्रबारदेखि आईसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितीमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अक्सिजन सहितको ५० सइयाको आईसोलेसन केन्द्रको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख डा. राणाले आईसोलेसन वार्डमा आवश्यकतामा आधारमा सइया थप गर्ने बताउनुभयो । महिलाका लागि छुट्टै व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

उपप्रमुख उमा थापा मगरले नेपालगञ्जले सीमाक्षेत्र भएर आउनेहरुका लागि समेत ध्यान दिएर आईसोलेसन सञ्चालन गरेको भन्दै सम्पूर्ण स्थानीय तहले तत्काल आईसोलेसन केन्द्र सञ्चालन गर्न सुझाव दिनुभयो ।

 स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले  केन्द्रमा शनिबारदेखि नै संक्रमितहरुलाई राखिने जानकारी दिनुभयो । हाल सीमा नाकामा दैनिक परीक्षणमा संक्रमित हुनेहरु बढ्न थालेका छन् । उनीहरुलाई घरसम्म सुरक्षित फर्काउने व्यवस्थापन नभएसम्म केन्द्रमा राखिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *