नेपालको स्वाभिमानलाई सर्वोपरि मान्दै, हामी बोलेर होइन गरेर अगाडि बढ्ने छौ

साहित्य / बिचार / ब्लग

गुरुदेव कँडेल
नमस्कार, सामाजिक रुपान्तरण मा युवा अभियान राष्ट्र निर्माण मा युवा भन्ने मूल नाराका साथ स्थापना भएको सामाजिक संस्था हाम्रो दृष्टि र यही संस्था को छाता संस्था हाम्रो दृष्टि राम्रो दृष्टि जापानको शाखा अध्यक्ष गुरुदेव कँडेल । विगत दुई बर्ष देखि संस्था अन्तराष्ट्रिय रूप मा जापान सम्म विस्तार भएको मा म अनि हाम्रा पदाधिकारी निकै खुसी छौं । जापान शाखा मा अधक्ष्य को रूप मा म भर्खर नियुक्त भएको छु त्यसैले अब का दिन मा संस्था लाई कसरी आगाडी बढाउने र विगत को गल्ती सच्चाउने थप जिम्मा मेरो पनि भएको छ । गत वर्ष हामी ले ‘समर कप’ भनेर एउटा फुटसल प्रतीयोगीता सञ्चालन गरेका थियौं भने यो वर्ष ‘विन्टरकप’ भनेर त्यही फुटसल प्रतीयोगीता पुनः सञ्चालन गर्ने सोचेको छु । सपना को झोला जसअन्तर्गत विपन्न विद्यार्थी हरु लाई शैक्षिक अभाव न होस भनेर केन्द्र ले विगत लामो समय बाट सञ्चालन गरेको यो अभियान मा जापान शाखा ले पनि सहयोग गरेको थियो भनी यो वर्ष पनि सपना को झोला पुनः सञ्चालन जापान शाखा को नेतृत्व र केन्द्र को सहयोग मा सञ्चला गर्ने योजना छ । माया को पोको अन्तर्गत रहेर जाडो मा लत्ता कपडा सिरक दशन प्रधान गर्ने अभियान मा पनि जापान शाखा को साथ अनि सहयोग हुने कुरा को जानकारी पनि गराउन चाहन्छौं र मेरो यो कार्यकालमा नेपाल को एउटा दुर्गम दूर दराज को गाउँ मा एउटा एम्बुलेन्स सहयोग गर्ने सोचेको छू जसका लागि जापान मा रहनु भयका अन्य संस्था ले पनि साथ अनि सहयोग गर्नु हुन्छ भन्ने विश्वास बोकेको छू । नेपाल को यो विषम परिस्थिति मा पनि प्रत्यक्ष रूप मा नेपाल मा नै रही काम गर्दा निकै खुसी पनि छु । जब जब आफ्नो मातृभूमि दुःख अनि आपातकालीन अवस्था मा हुन्छ । सहयोग को लागि जापान शाखा हरपल तयार अवस्था मा हुन्छ भन्ने कुरा को वाचा समेत गर्न चाहन्छु । नेपाल राष्ट्र को सानमा आँच न आउने गरी हामी काम गर्ने छौं । हामी बोलेर होइन गरेर अगाडि बढ्ने छौ र यो मेरो कार्यकाल सफल बनाउन तपाईं हरू को साथ अनि माया हौसला को खाँचो पर्दछ आशा छ तपाईँ हरु ले साथ दिनु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *