नेपालगंजमा सम्पत्ती शुद्धिकरण सम्बन्धी अन्तरक्रिया तथा कोपोमिस तालिम शुरु।

समाचार

नेपालगंजमा आजदेखी सम्पत्ती शुद्धिकरण सम्बन्धी अन्तरक्रिया तथा कोपोमिस तालिम शुरु भएको छ। नेपालगंज उपमहानगरकालिका सहकारी शाखा बाँकेको आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो। नेपालगंज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रबीण राणाको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले गर्नु भएको थियो। तालिममा बाँकेमा सक्रिय सहकारी संघ संस्थाका ९० जना प्रतिनिधीहरुको तालिममा सहभागिता रहेको छ।

तीनदिनसम्म संचालन हुने कार्यक्रमको पहिलो दिन सहभागीहरु बीच सहकारीको परिभाषा, औचित्य र प्रभावको बारेमा छलफल भएको थियो। उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालगंजका सागरनाथ योगी, जिल्ला सहकारी संघका प्रबन्धक नवराज उपाध्याय, जिल्ला सहकारी संघ लिमिटेडका एकता शाह लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *