ओबिराज आचार्य
ठाकुरद्धारा, ३ असोज-संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको दिगो विकासका लक्ष्यहरुलाई नेपालगंज उप महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम मार्फत स्थानीयकरणका लागि तयारी थालेको छ ।
नेपालगंजको दिगो विकासका लक्ष्य प्राप्तीका लागि बर्दियाको ठाकुरद्धारामा असोज १ देखि ३ गते सम्म अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा उप महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, गैर सरकारी संघ संस्थाका प्रतिनिधी, विषयगत सरोकार संघ संस्था, संचारकर्मी तथा विषय विज्ञहरुको सहभागिता रहेको थियो ।
GIZ सुसासनका लागि क्षमता विकास कार्यक्रम (CDSG) को प्राविधिक सहयोग र नेपालगंज उप महानगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रममा नेपालगंज उप महानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर, लुम्बीनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक मोती प्रसाद शर्मा र दिगो विकासका लक्ष्यका बिषय विज्ञ अरुण रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख डा राणाले नेपालगंजले नगरको दिगो विकासका लक्ष्यलाई कार्यान्वयनका लागि लामो समय देखि कार्य गर्दै आएको बताउनु भयो । नगरको नीति नियम निमार्ण तथा वार्षिक वजेटमा समेत दिगो विकासको विषय समावेस गरिएको बताउँदै डा राणाले नगरका सबै गरिवीको रेखामुनी रहेको नगरवासीलाई बिभिन्न आयमुलक कार्यक्रममा समेत सहभागी गराईने बताउनु भयो ।
कार्यक्रमको अध्यक्ष समेत रहेकी उप प्रमुख उमा थापा मगरले सन २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्तीका लागि नेपालले बिभिन्न नीति निर्माण गरि कार्यक्रमहरु संचालन गरि रहेको छ ।
नेपालगंज उपमहानगरपालिका दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्दै
