नेपालगञ्ज र खजुरामा आईएमई लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न : ५ सय बढी सहभागी

Uncategorized अर्थ / बाणिज्य नेपालगन्ज विशेष मुख्य खबर शिक्षा समाचार

नेपालगञ्ज : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट नेपालगञ्ज एरियाले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नेपालगञ्ज शाखाले महेन्द्र बहुमुखी क्याम्पस र खजुरा शाखाले खजुराको ज्ञानोदय पब्लिक क्याम्पसमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स नेपालगञ्ज एरियाका क्षेत्रीय शाखा प्रबन्धक अमित केसीले विद्यार्थीहरुलाई जीवन बीमाले व्यक्तिको जीवनमा आइपर्ने वित्तीय जोखिमहरुबाट बच्नका लागि मद्दत गर्ने विषयमा जानकारी दिइएको बताए ।

कार्यक्रममा नेपालगञ्ज क्षेत्रीय शाखा प्रबन्धक केसी, सिनियर एजेन्सी म्यानेजर लक्ष्मी जैसी र अनराईटर कुनाल गुप्ताले महेन्द्र बहुमुखी क्याम्पसका करिब ५ सय जना विद्यार्थी लाई बीमा महत्ब ,आवश्यकता तथा इतिहास बारे प्रस्टीकरणमा सहजीकरण गरेका थिए भने खजुराको ज्ञानोदय पब्लिक क्याम्पसका करिब २ सय बढी विद्यार्थीलाई खजुरा शाखा प्रमुख सुर्यबहादुर अधिकारी सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्य तथा व्यवस्थापन संकाय तर्फका संयोजक सुवास गौतम लगायतको उपस्थिति रहेको थियो ।

बेला बेलामा विभिन्न सामाजिक कामहरु गरिरहेको यस क्षेत्रिय शाखाले यस पटक भने बेरोजगारी बढी रहेको समयमा विमा मार्फत आफ्नो भविष्य पनि बनाउन सकिन्छ र विमाले भविष्यमा हुन सक्ने दुर्घटनाबाट हुने क्षति कम गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई जानकारी दिनका लागि आफुहरुले सो कार्यक्रमको आयोजना गरेको क्षेत्रीय शाखा प्रबन्धक केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *