नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको नवनिर्मित भवनको उद्घाटन गरियो ।

अर्थ / बाणिज्य मुख्य खबर समाचार


नेपालगञ्ज, २० साउन-नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शनिवार नेपालगञ्ज सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष माणिकरत्न शाक्य र संघिय सांसद एवँ राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले सँयुक्त रुपमा रिबन काटेर दुईतले भवनको उद्घाटन
गर्नुभयो । नेपालगन्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार्षिक साधारण सभाको अवसर पारेर भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष शाक्यले सुनचाँदी ब्यावसायीहरुको हितलाई राज्यले प्राथमिकतामा नराखेको बताउनुभयो । उहाँले बिभिन्न बहानामा प्रहरी प्रशासनले सुनचाँदीको ब्यवसायमा संलग्न ब्यापारीहरुलाई दुख दिईरहेको दुखेसो पनि ब्यक्त गर्नुभयो । त्यस्तै सांसद राणाले सुनचाँदी ब्यावसायीहरुले भोग्नु परेको समस्याको बारेमा आफुले संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।


सलाउद्दिन जसगडको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सुखनारायण सुनारले सांगठनिक तथा कोषाध्यक्ष हिमांशु बैश्यले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । अध्यक्ष जसगडले दुईतले ९ कोठा भएको भवनमा ७४ लाख रुपैया लागत लागेको जानकारी दिनुभयो । सो अवसरमा सुनचाँदी ब्यवसायमा संलग्न ब्यापारीका एमबीबीएस गर्ने २ जना, एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ५ जना तथा प्लस टु का २ जना सन्तानहरुलाई उच्च अध्ययनका लागि नगद २ हजार १ सय रुपैयासहित सम्मान गरिएको थियो ।

त्यसैगरि सुनचाँदी ब्यवसायी संघका पुर्ब अध्यक्ष श्याम कुमार टण्डन, पुर्ब अध्यक्ष सावली प्रसाद पोरवाल, पुर्ब अध्यक्ष ईन्द्रमान शाक्य, पुर्ब अध्यक्ष कुबेर सोनी र अग्रज सुनचाँदी ब्यवसायी घनश्यामदास लखेरलाई दोसल्ला ओढाई सम्मान गरिएको सदस्य मोहम्मद हाशिम अन्सारीले बताउनुभयो । त्यस्तै भवन निर्माण आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको सदस्य अन्सारीले बताउनुभयो । कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निबर्तमान अध्यक्ष नन्दलाल बैश्य लगायत सुनचाँदी ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *