नेपालगन्ज, कात्तिक १७ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल । जसले थुप्रै अन्तराष्ट्रिय खेलाडी जन्मायो । यही वडाका स्थानीय बासिन्दा सुरेन्द्रबहादुर हमाल आसन्न प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा २(२)मा उम्मेदवार बनेका छन् ।
भारत्तोलनका ओलम्पियन हमाल यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लडेर निर्वाचित भएका थिए । पार्टीले अहिले पुनः उनलाई सोही प्रदेश सभामा टिकट दिएर उम्मेदवार बनाएको हो । अन्तराष्ट्रिय खेलाडी जन्माउने घरबारीटोलमा बिहीबार प्रतिनिधी सभाका उम्मेदवार सुदिपनरसिंह राणा र प्रदेश सभा २ (२) का उम्मेदवार हमाल घरदैलोमा पुग्दा स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।
प्रतिनिधी सभा र प्रदेश सभाका दुबै उम्मेदवारलाई घरदैलोमा स्वागत गर्न पाउँदा घरबारीटोलका स्थानीय हर्षित देखिन्थ्ये । प्रतिनिधी सभा क्षेत्रमा नयाँ अनुहारका रुपमा कांग्रेसका उम्मेदवार राणा आएको बताउँदै यसपटक नेपालगन्जबासीले परिवर्तन चाहेको औल्याएका थिए । यस्तै प्रदेश सभाका उम्मेदवार हमालका केही अधुरा काम बाँकी रहेकाले उनलाई एक पटक अवसर दिने प्रतिवद्धता जनाएका थिए ।
नेपालगन्जको घरबारीटोलमा राणा र हमाललाई स्वागत
