नेपालगन्जको बागेश्वरी क्युएफएक्स अर्को साताबाट खुल्ने

मनोरञ्जन

नेपालगन्ज : करिव ९ महिनादेखि बन्द रहेका फिल्म हल आज शुक्रबारबाट खुल्ने भनिएतापनि नेपालगन्जको “बागेश्वरी क्युएफएक्स” भने खुलेको छैन ।

हाल हलको केही भित्री कन्सट्रक्सन भइरहेको र भ्याली भित्रका केही हलहरु बाहेक अन्य हलहरु नखुलेका कारण माहोल हेरेर अर्को साताबाट हल खोल्ने तयारी रहेको बागेश्वरी क्युएफएक्स सिनेमाज नेपालगन्जका प्रबन्धक सन्जीव शाक्यले फिल्मी पत्रको कुराकानीमा बताए।

उनका अनुसार अहिले तत्काल वितरकको हातमा कुनै फिल्म नभएकोले नयाँ फिल्म हलमा तत्काल लाग्ने छैनन् । तर अर्को साताबाट भने गत वर्ष नै प्रदर्शनमा आएका फिल्महरु “सेन्टिभाइरस र आमा”लाई पुनः प्रदर्शन गरिने प्रबन्धक शाक्यले जनाए।

भौतिक दुरी कायम राख्दै करिब ६ फिटको दुरीमा दर्शकलाई हलमा राखिने र टिकट बुकिङ अनलाइन प्रविधिबाट गरेर आउंदो सातबाट हल खोल्ने तयारीमा बागेश्वरी क्युएफएक्स टिम लागि परेको पनि बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *