नेपालगन्जको सार्वजनिक सुनवाईमा वडा अध्यक्षहरुको अनुउपस्थिति

मुख्य खबर समाचार

नेपालगन्ज २४ असार-नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनवाईमा वडा अध्यक्षहरुको सहभागिता भएन् । नेपालगन्ज उपमहानगरमा २३ वडा रहेको छ जसमध्ये २ वडाका वडा अध्यक्ष मात्र सार्वजनिक सुनवाईमा सहभागिता जनाएका हुन् । सार्वजनिक सुनवाई कार्यक्रम सार्वजनिक र खुल्ला ठाउँमा हुनुपर्छ तर नेपालगन्जको सार्वजनिक सुनवाई कार्यक्रम हलमा गरिनु र वडा अध्यक्षको सहभागिता नहुनु कागजमा सिमित गर्नु जस्तो देखिएको स्थानियवासीको भनाई छ । सार्वजनिक सुनवाई कार्यक्रमको निमन्त्रणा समेत सामाजिक सन्जालमा (फेसबुकमा पोष्ट) गरेरमात्र गरिएको स्थानिय एक जना नागरिकले भन्नुभयो । सार्वजनिक सुनवाईका लागि २३ वटै वडाका वडा अध्यक्ष र स्थानियवासीको सहभागिता हुनुपर्नेमा कर्मचारी र सहजिकरण गरेको संस्थाका कर्मचारीले मात्र हल भरिएको थियो । सभामा नगरका गुनासै गुनासा स्थानियवासीले राखेका थिए । सिमित मात्रामा रहेका स्थानियले यतिधेरै गुनासा राख्दा आम २३ वटा वडाका स्थानियविचमा सार्वजनिक सुनवाई गर्दा कति धेरै गुनासो हुन्थ्यो होला एक स्थानियले भन्नुभयो । सार्वजनिक सुनवाई नामको मात्रा रहेको स्थानियवासी शैलेन्द्र बैश्यले भन्नुभयो । नियम पुरा गर्नलाई सार्वजनिक सुनवाई गरिएको उहाँले भन्नुभयो ।


सार्वजनिक सुनवाईमा आम जनताको गुनासा, समस्या सुन्ने ठाउँमा उपस्थितिको कमीले गर्दा सुनवाई कार्यक्रमको अर्थ सार्थकता नभएको स्थानिय गौरी रिजालले भन्नुभयो । कार्यक्रममा कर्मचारी र जनप्रतिनिधि र सहजिकरण गरेको संस्थाको उपस्थिति बढि देखियो सार्वजनिक सुनवाई कार्यक्रमको सार्थकता देखिएन उहाँले भन्नुभयो ।
मेरो वडाका न अध्यक्ष न सदस्य आएका छन् कसलाई सुनाउने गुनासो एक जना स्थानियवासीले भन्नुभयो । नगरका मेयर, उपमेयरलाई बारम्बार भनियो तर सुनवाई भएन् सार्वजनिक सुनवाईमा त मेरो वडाको बारेमा केही गुनासा राखे भनेर सुनवाई कार्यक्रममा आए तर यहाँ वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति देखिएा कसलाई सुनाउने पिडा, गुनासो उहाँले भन्नुभयो । यता नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भने आर्थिक मसान्त भएको कारण वडा अध्यक्षहरुको सहभागिता नरहेको जानकारी गराउनुभयो । वडा अध्यक्षहरु यतिवेला विजी रहेको हुनाले समय दिन नसकेको उहाँले बताउनुभयो । कुनै पनि वडाको जस अवजस मेयर र उपमेयरले लिने गरि सार्वजनिक सुनवाई कार्यक्रम गरिएको उहाँले बताउनुभयो । सार्वजनिक सुनवाई कार्यक्रमा १३२ जनाको सहभागिता रहेको थियो जसमा सहजिकरण गरेको संस्थाका ४० जना कर्मचारी, नगरका मेयर, उपमेयर, दुई जना वडा अध्यक्ष, कार्यपालिका सदस्य र केही मात्रामा स्थानियवासीको सभागिता रहेको थियो । फेसबुक सार्वजनिक सुनवाईको जानकारी पाएका स्थानियवासीहरुको सहभागिता रहेको थियो । अरुलाई जानकारी भएन एक जना स्थानियले भन्नुभयो । नेपालगन्ज उपमहानगरपालिकामा साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ । नेपालगंज उप–महानगरपालिकाको कुल जनसंख्या १३८९५१ रहेको छ । सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना नेपालगन्ज उपमहानगरपालिकाले गरेको थियो भने बास नेपाल नेपालगन्जले सहजिकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *