नेपालगन्ज, ७ भदाै-बाँकेमा पनि यसबर्षदेखि गाईजात्रा ¥याली निकालिएको छ । ’गाईजात्रा’ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देय दबु बाँकेको आयोजनामा नेपालगन्जमा गाईजात्रा निकालिएको हो । बाँकेमा रहेका नेवार समुदायले एक वर्षभित्र दिवङगत भएका आ आफ्नो आफन्तको सम्झनामा ¥याली निकालिएको आयोजकले जनाएको छ । बाँकेमा पहिलो पटक मनाईरहेको गाईजात्रा ¥याली धम्बोझी चोकबाट सुरु भई सेतुबिक चोक, त्रिवेणी मोड , बागेश्वरी टोल, घरबारी टोल हुँदै बागेश्वरी मन्दिर परिसर पुगेको थियो । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने जितेन्द्र कुमार जोशीले बताउनुभयो ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको अर्का समाजसेवीले भन्नुभयो ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य रहेको अशोक प्रसाद श्रेष्ठले बताउनुभयो । गाईजात्राको अवसरमा उनिहरुले लाखे नाच, भगवानको भेषभेषामा सजिएर नगरपरिक्रमा गरिएका थिए ।
