नेपालगन्ज , ५ असोज-भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको पौने तीन लाख रुपैयाँ बराबरको समान प्रहारीले पक्राउ गरेको छ ।
नेपालगन्जको वडा नम्बर १४ स्थित अवैध रुपमा चोरी पैठारी गरि भन्सार छली ल्याएको लत्ताकपडा, चिनी र हार्डवेयर लगायतका विभिन्न समानहरु सोमबार
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
उक्त अवैध सामानको अन्दाजी मुल्य २ लाख ८६ हजार सात सय पचास रहेको प्रहरीको अनुमान छ । बरामद गरेको सामान आवश्यक कार्वाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिइएको छ ।