नेपालगन्जमा हर्षोल्लासका साथ माेहम्मद डे मनाईयाे ।

मुख्य खबर समाचार

नेपालगन्ज, २३ असाेज-इस्लाम धर्मका प्रवक्ता एवम् अल्लाहका अन्तिम दूत हजरत माेहम्मद सल्लल्लाहु अलैही वसल्लमको शुभ जन्मोत्सव हर्षोल्लासका साथ मनाईएको छ ।
हजरत माेहम्मद सल्लल्लाहु अलैही वसल्लमको १४९७ औं शुभ जन्मोत्सव हर्षोल्लासका साथ नेपालगन्जमा मनाईएको हो । हजरत माेहम्मद को बार्षिक जन्मउत्सव (१२ रबिउल अव्वल) को अवसरमा बाँकेका बिभिन्न ठाउँ, पसल तथा घरहरूमा मैनवत्ति तथा झिलिमिली बत्तीले सजाइएको थियो ।

इस्लाम धर्मावलम्बीहरूले शनिबार रातभरि जागरण बसि नमाज, कुराआनको तिलावत गरि आज बिहानैदेखि घरघरमा दुरूद-ए फातिहा, मिलाद गरि शुभ जन्मोत्सव हर्षोल्लासका साथ मनाइएकाे बताईएको छ ।

आज बिहान ७ बजे नेपालगन्जको एक्लैनीस्थित जामा मस्जिदबाट शुरु भएको भब्य जुलूस नगर परिक्रमा गर्दै घोसीटोलस्थित गौसिया मस्जिदमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *