नेपालगन्जमा हुने माघ महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल पनि आउने

मनोरञ्जन समाचार

नेपालगन्ज ः बाँकेको नेपालगन्जमा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवका लागि राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकार आउने भएका छन् ।
थारु कल्याणकारिणी सभा नेपालगन्ज नगरको आयोजनामा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवका लागि राष्ट्रिय तथा स्थानिय कलाकारहरु आउने पक्का भएका हुन् । आज बसेको मुल आयोजक समितिको बैठकले राष्ट्रिय तथा स्थानिय कलाकार तथा प्रमुख अतिथि फाइनल गरेको हो ।
यही पुष २७ र २८ गते हुने माघ महोत्सवका लागि राष्ट्रिय कलाकार जितु नेपाल, मनिराम चौधरी, श्रीनिवास थारु, समु चौधरी, उमेश मुस्कान, विवश जि
एच, सुनिता दहित, खेम भौगरिया, नरेश देवदाश, सोमती थारु, एके चौधरी, राम आरोह, अस्मिता चौधरी, दिपिका जिएच, अनुस्का थारु, सत्यनारायण चौधरी –फेटारा) मस्ते बर्दियाली, निरमला चौधरी, कुन्दच चन्द, प्रदिप चौधरी, अशोक चौधरी, लक्ष्मी चौधरी, भावना चौधरी, सजिना चौधरी, सुस्मीता चौधरी, झरना चौधरी, राजेन्द्र चौधरी, अप्सरा चौधरी, विमल चौधरी, रिदम झव्लहवा, मस्तिराम चौधरी –मस्तैला), नवराज सुवेदी, दिपक बर्मा, पुजा चौधरी, विरु गोडिया, पुनम चौधरी लगायतका कलाकार आउने झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो । २७ गते उद्घाटनको दिन धम्बोझीदेखि निस्कने झाँकी सहितको ¥याली, सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाईन, भेरी अस्पताल हुदै रामलिला मैदानमा पुग्ने आयोजकले जनाएको छ ।
दुई दिन संचालन हुने माघ महोत्सब कार्यक्रममा थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, झुला लगायतका मनोरञ्जनात्मक कार्यक्रम हुने संयोजक थारुले बताउनुभयो । कार्यक्रमको संचालन धुव्र चौधरी र चर्चित मोडल तथा गायीका श्रीदेवी थारुले गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *