नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ नेपालगन्जमा नेपाली कांग्रेसले भव्य ¥याली निकालेको छ ।

मुख्य खबर समाचार

नेपालगन्ज ःस्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस वडा नं. ४ ले वडाका टोल टोलमा मोटरसाइकल ¥याली निकालेको हो । सय बढिको संख्यामा मोटरसाइकल र रिक्सा सहितको ¥याली निकालेको वडा नं. ४ अध्यक्ष पदका उम्मेदवार प्रदिप शाह तेलीले बताउनुभयो । वडाको समृद्ध विकासका लागि मेरो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष पदका उम्मेदवार तेलीले वडामा शिक्षा, स्वास्थ्य, कृषि व्यवस्थापनको क्षेत्रमा आफूले पहिलो प्रथामिकता दिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सायौको संख्यमा निस्केको ¥याली दुई ठाउँमा कोणसभा गरिएको छ । कोणसभालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार प्रशान्त विष्टले सम्बोधन गर्नुभएको थियो । वडा नं. ४ को सदस्यमा अस्मिता शाह महतरा, सलिम मुसलमान, उत्तम सिह सिजापति र शुशिला कोरी रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेस बलियो देखिएको छ । कांग्रेसका उम्मेदवारह?को दैनिक घरदैलो र चिरपरिचित अध्यक्ष पदका उम्मेदवार प्रदिप शाह तेली सहित सदस्य पदका उम्मेदवारह?का कारण कांग्रेस वडा नम्बर ४ मा बलियो देखिएको छ ।


कांग्रेसका उम्मेदवारह?ले वडा नम्बर ४ भित्रका विभिन्न टोलीमा घरदैलो गर्दै आइरहेका छन । घरदैलोका क्रममा मतदाताह?ले कांग्रेसलाई साथ दिने बताएपछि उत्साह पैदा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *