नेपालगन्ज औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

समाचार

नेपालगन्ज, नेपालगन्ज औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । नेपालगन्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय द्वारा एकतर्फी रुपमा बढाएको जग्गाबहाल भाडा वृद्धि अव्यबहारिक कार्य प्रति नेपालगन्ज औद्योगिक क्षेत्र विकास संघले आईतवार नेपालगन्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको हो ।

बाँकेको नेपालगञ्जमा रहेको औद्योगिक क्षेत्रको परिसरमा रहेका कम्पनीहरुको भाडा बढाइएको हो । आइतबार परिसरभित्र रहेको कम्पनीहरुले त्यसको विरोध जताएका हुन् ।

यही २०७९ साउन १ गते देखी लागु हुने गरि नयाँ भाडादर आएको छाता संगठन नेपाल औधोगिक क्षेत्र विकास संघले  जनाएको छ । संघले भाडादरलाई अवैधानिक, असंदार्भिक, अव्यवहारिक र एकतर्फी रहेको बताएको छ । भाडादर नघटाए चरम आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । यसाघी संघले मंसिर १८ गते ब्यवस्थापनका निम्ति अल्टिमेटम पत्र समेत बुझाएको प्रेस विज्ञाप्ती मार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *