नेपालगन्ज–धारा नेपालगन्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश (एम्स) बाट मान्यता प्राप्त म्याराथन हुन् ।
सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपालबाट आउने धावकहरुलाई स्वागत गर्न सदैव आतर रहनेछौं ।’ सारमंग देहरादुन म्याराथन यही अक्टोबर १६ (असोज ३० गते) हुनेछ ।
धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक ÷ अध्यक्ष टीएस ठकरीले धार्मिक पर्यटनमा समेत ठुलो टेवा पुग्ने बताए ।
देहरादुनमा म्याराथनमा सहभागिताका लागि स्थानीय खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय स्तरका धावक धाविकालाई समेत अवसर प्रदान गरिने ठकुरीले जानकारी गराए ।
एक दशक लामो सशस्त्र द्वन्द्धलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ बर्षदेखि हरेक मंसिरको पहिलो शानिबार नेपालगन्ज म्याराथन हुँदै आएको छ ।
यसबर्ष आम निर्वाचनका कारण मंसिर २४ गते म्याराथन हनेछ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथन यस बर्ष भने आम निर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।