नेपालगन्ज वडा नं. ४ मा माओवादी केन्द्रकाे सम्पर्क कार्यालय उद्घाटन

मुख्य खबर समाचार

नेपालगन्ज – नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज वडा नं. ४ स्थित घोसीटोलमा माओवादी केन्द्रको शनिवार सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
शनिवार एक कार्यक्रमका विच माओवादी केन्द्रका केन्द्रिय सदस्य अत्तहर हुसेन कादरीले रिबन काटेर सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा उहाँले भन्नुभयो माओवादी केन्द्रले आउने स्थानिय तहको निर्वाचनमा बाँकेमा राम्रै नतिजा ल्याएर स्थानिय तहको नेतृत्व गर्ने उद्घोष गर्नुभयो ।


बाँकेको अधिकांश पालिकामा क्षमतावान र जिम्मेवारीबोध गर्न सक्ने प्रतिनिधि चयन गरिएको हुनाले स्थानिय तहमा सहजै जित्ने आधार रहेको उहाँले जानकारी गराउनुभयो । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता घोसीटोल कमिटिका अध्यक्ष नरेश गुप्ताले गर्नुभएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य नविन शर्मा, सल्लाहकार काली बहादुर धिताल, नेपालगन्ज उपमहानगरपालिकाका नगर अध्यक्ष रतन शाही, समाजसेवी तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य लगायत माओवादी केन्द्रका प्रतिनिधि, कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको संचालन गोपाल पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *