नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक

खेलकुद मुख्य खबर समाचार

नेपालगन्ज, भ्रष्टाचार बिरुद्ध  नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक भएकाे छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा हुने सो कार्यक्रमको टिसर्ट मंगलवार सार्वजनिक गरेकाे हो ।

बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गर्नुभयाे ।

वाकाथन नेपालगन्जकाे वीपि चौकबाट शुरु भई धम्बोझी चौक, न्यूरोड, सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा न्यूरोड अगाडी अगाडी गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छ ।
नेपालगन्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्यीय समिति सक्रियताका साथ कार्य गरिरहेको आयोजकले जनाएको छ ।

आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *