नेपालगन्ज वाकाथन सम्पन्न

मुख्य खबर समाचार

नेपालगन्ज, २३ मंसिर-भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा ‘नेपालगन्ज वाकाथन’ सम्पन्न भएको छ । भष्ट्राचार विरुद्ध सक्रिय भएर काम गरिरहेको बासले अन्तराष्ट्रिय भष्ट्राचार दिवसको अवसर पारेर ‘भष्ट्राचार विरुद्धका लागि सँगै हिडौं’ भन्ने नारा साथ नेपालगन्जमा वाकाथन आयोजना गरेको हो ।


२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएको छ ।


विपीचोकबाट सुरु भएको वाकाथन धम्बोझी चोक र सेतु विक चोक हुँदै न्युरोड गुम्बानजिकै पुगेर समापन भएको थियो । वाकाथनमा लोकप्रिय गायक प्रकाश सपुतले पनि आफ्नो प्रस्तुति दिएका थिए । वाकाथनमा बालबालिका, महिला, जेष्ठ नागरिकलगायत करिब पाँच सय जनाको सहभागितामा रहेको थियो । उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुति, झाँकी, प्रहसन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *