नेपालगन्ज ११ का जनप्रतिनिधिलाई स्वागत तथा पदभार ग्रहण

समाचार


नेपालगन्ज, जेठ ९– नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ का जनप्रतिनिधिहरुलाई सोमवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको छ ।
यही बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सोमवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको हो । नेपालगन्ज ११ को आयोजनामा भएको स्वागत कार्यक्रममा वडा अध्यक्ष नन्द किशोर कश्यपले नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ लाई नगर कै नमुना वडा बनाउन अहोरात्र खटिने जानकारी गराउनुभयो ।
वडाका टोल टोललाई सरसफाई मुक्त बनाउन सरसफाईमा बढि जोड दिई शिक्षा, स्वास्थ्य, खानेपानीका साथ साथै विकास निर्माणको कामलाई पनि बढि प्रथामिकता दिने कुरामा कश्यपले जोड दिनुभयो । वडाको समग्र विकासका लागि टोलवासीसंग छलफल गरि सम्मन्वय गरिने जानकारी उहाँले गर्नुभयो ।
स्वागत कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, युवा, स्वास्थ्य स्वयमसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *