रजनी योगी
नेपालगन्ज, २५, चैत–सुनाखरि रेष्टुरेन्ट प्रा.ली. को अगुवाईमा नेपालगन्ज उप–महानगरपालिका वडा नं.१२ मा साताब्यापी सरसफाई अभियान आजथदेखि सुरु गरिएको छ । रेष्टुरेन्टका कर्मचारी ब्यवस्थापन समितिद्वारा र वडा अध्यक्षको सहकार्यमा विपी चोक देखी सुनाखरि रेष्टुरेन्ट परिसर हुँदै वडा कार्यालय सम्म सरसफाई गरिएको हो । प्लाष्टिक जन्य फोहोर संकलन, झारपात व्यबस्थापनका साथै बाटोमा झाडु लगाई धुलो कम गर्न पानी हालिएको थियो । यसै सन्दर्भमा वडाका वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले स्थानीय बासिन्दा आफैले पनि सरसफाईमा ध्यान दिई बेला बेलामा सफा गर्न नागरिकलाई सचेत बनाएका थिए, भने स्थानीयले पनि शनीवार बिहान एक घण्टाको समय निकाली साताब्यापी सरसफाई अभियानलाई निरन्तरता दिने जनाएका छन् ।
टोल सफा राख्नमा टोलवासीको नै भुमिका रहने भएकोले सरसफाई अभियान संचालन गरिएको सुनाखरि रेष्टुरेन्ट प्रा.ली.का संचालक घनश्याम शर्माले बताउनुभयो । प्रत्येक हप्ताको शनिबार सरसफाई गर्ने गरि अभियानको सुरुवात गरेको उहाँले भनाई छ । सरसफाई कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य, सुनाखरि रेष्टुरेन्ट प्रा.ली. को व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी लगायत स्थानीयको सहभागिता थियो ।