सहाबुद्दिन हल्वाई – नेपालगन्ज , ३० असार-नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाले वडा न १ को कार्यालयमा नागरिक आरोग्य कार्यक्रम गरेको छ । बुधबार आयुर्वेद शाखा नागरिक आरोग्य कार्यक्रममा टोलबासीलाई निशुल्क जाँच, औषधी वितरण तथा खानपिन सम्बन्धि सल्लाह सुझाव सहित सेवा दिइएको शाखाका कविराज निरीक्षक मनोज कुमार यादवले बताउनुभयो ।
कविराज निरीक्षक यादवले भन्नुहुन्छ, अन्य औषधीको तुलनामा आयुर्वेद औषधीको साईड इफेक्ट नरहेको, १५ दिनमा एक पटक वा जनताको आवश्यकता अनुसार हप्तामा नभए दैनिक सेवा सुबिधा दिने गर्छौ उहाँले भन्नुभयो । शाखाले उपमहानगरपालिका भित्र विभिन्न वडा सेवा दिदै आएको छ । त्यस्तै कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष प्रमोद रिजालले मलाई कोभिड – १९ ले च्याप्दा रोगसंग लाड्ने क्षमता बढाउनका लागि आयुर्वेद औषधी प्रयोग गरेको बताउनुभयो । उक्त अनौपचारिक कार्यक्रममा वडा न १ अध्यक्ष रिजाल, नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाका कविराज निरीक्षक मनोज कुमार यादव, वैध निरीक्षक रामदेव शर्मा तथा बाल क्लब लगायत वडावासीहरुको सहभागिता रहेको युवा क्लब सन्जालकी उपाध्यक्ष प्रेरणा गिरीले जानकारी दिनुभयो । वडाका ३० जना नागरिकलाई निशुल्क आयुर्वेद औषधी र चेकजाँच गरिएको थियो ।
नेपालगन्ज १ मा निशुल्क आयुर्वेद औषधि वितरण
