नेपाली कलाकार भारतमा सम्मानित ।

मनोरञ्जन समाचार

बाँके, नेपाली कलाकार आयुष खान भारतमा मडल अफ द इयरको उपाधिबाट सम्मानित भएका छन् । गोल्डन फ्रेन्ड इवेंट कम्पनीद्वारा वृन्दावनको एउटा होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा भारतको बाजिगर जस्तो लोकपि्रय फिल्मलाई डाइरेक्ट गरेका ख्याति प्राप्त डाइरेक्टर अब्बास मस्तानीद्वारा आयुष खानलाई सम्मान गरिएको हो । त्यस्तै बेस्ट स्कृप्ट राइटरको उपाधी पनि नेपाल कै रमेश परियारलाई दिइएको छ । उक्त कार्यक्रमको उद्घाटन उत्तर प्रदेशका उपमुख्यमन्त्री बृजेश पाठक्ले गरेका हुन् । सम्मान कार्यक्रममा क्याबिनेट मन्त्री देखि केन्द्री मन्त्री समेतले सहभागिता जनाए । भारतको चर्चित गीतकार मनोज मुंतसिर ,गीतकार रवी त्रिपाठी , अभिनेता शरद मल्होत्रा लगायतले कलाकारहरुलाई सम्मानित गरेका हुन्। नेपाली कलाकार आयुष खानका साथै भारतीय लोकल कलाकार रुबिना अख्तर, नंदीस सन्धु, हिमांसु गाँधी , मोनिका चौधरीलाई सम्मानित गरिएको थियो । आइतबार भएको सम्मान कार्यक्रममा उत्तर प्रदेशका उपमुख्यमन्त्री बृजेशले कलाकारहरुको प्रसंशा गर्दै सफलताको कामना गरे । उनले भने फिल्म इन्डस्टृजमा युवा कलाकारहरुले गरेको काम प्रसंशानिय छ । हामीले यस्ता कार्यक्रमहरु गरेर युवाहरूको हौसला बढाउनु पर्छ । सम्मानित भएका आयुष खानले आयोजक टीम तथा अतिथिहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *