नेपालगन्ज-नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईलाई मात्रृशोक परेको छ। उपचारको क्रममा बिहीबार राती नेपालगन्जस्थित भेरी अस्पतालमा पत्रकार चौलागाईकी ८१ बर्षीय आमा बिनशोवा चौलागाईंको निधन भएको हो। मस्तिष्क घात भएपछी केही दिन अघिदेखी भेरी अस्पतालमा आमा बिनशोवाको उपचार भैरहेको थियो। शुक्रबार बिहान ११ बजे बर्दिया जिल्लाको राजापुरस्थित घाटमा दाहसंस्कार गरिने पत्रकार चौलागाईंले जानकारी दिएका छन।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईलाई मात्रृशोक
