परिक्षा हलमा नक्कली परिक्षार्थी पक्राउ

शिक्षा समाचार

वीरगन्ज, ३० भदौ-पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय बाट एक जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

१२ कक्षाको परिक्षा, आज बुधबार बाट सुरु भएको अङ्ग्रेजी विषयमा वास्तविक परिक्षार्थी सन्दीप दासको ठाउँमा अर्कै व्यक्तिले लेखिरहेको शंका पश्चात् परिक्षा केन्द्रमा खटिएका शिक्षकले तत्काल प्रहरीलाई खबर गरि प्रहरी चौकी बढनिहार बाट खटिएको टोलीले नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार, सन्दीप दासको प्रवेशपत्रको फोटो उक्काई नक्कली परिक्षार्थी जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ४ बस्ने वर्ष २० का राजचन्द्र दास
परिक्षा दिइरहेका प्रहरीले जनाएको छ ।

उक्त संलग्न नक्कली परिक्षार्थी दासलाई नियन्त्रणमा लिई शिक्षा ( नवौं संशोधन ) ऐन २०७४ अन्तर्गत कसुर अनुसन्धान अगाडि बढाउने प्रहरीले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *